१० भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय २४ घण्टासम्म गोप्य राख्ने

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरु अबदेखि २४ घण्टासम्म गोप्य राख्ने भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुलाई बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले अबका दिनमा भने २४ घण्टापछि मात्र सार्वजनिक गर्ने बताए। कुनै पनि निर्णय परिपक्व हुन समय चाहिने भएकाले यस्तो निर्णय गरेको उनले बताए।

यदि सार्वजनिक महत्वको कुनै निर्णय सार्वजनिक गर्नुपरे मन्त्रिपरिषद् नै निर्णय गरेर बाहिर ल्याउने उनले बताए।

‘मन्त्रिपरिषदको निर्णयहरु २४ घण्टासम्म गोप्य रहन्छ, मन्त्रीहरूले पनि बाहिर लान पाउँदैन, तर हामी के गर्दा रहेछौं भने आज नै भन्दिँदा रहेछौं। त्यो हाम्रो गोपनीयताको विरुद्धमा हुन्छ, अब दोस्रो बैठकदेखि तपाईंहरुलाई जानकारी गराउनुपर्ने मन्त्रिपरिषदको फैसलाहरु त्यो दिन हुन्न, २४ घण्टापछि मैले नै मन्त्रालयमा जानकारी गराउने काम हुन्छ’, उनले भने।

मन्त्रिपरिषद्ले निर्णय गरेको विषय कहिलेकाहीँ मन्त्रीले परिवर्तन गर्न पाउने भन्दै उनले पहिले नै सार्वजनिक गरेमा परिवर्तन गर्न समस्या हुने बताए।c

प्रकाशित: ३१ असार २०८१ २०:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App