२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

रविको रन्थनः गृहबाट बिदा लिँदै भनेका ६ कुरा

सरकार फेरिन लागेपछि आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयबाट बिदा लिएका छन्।

गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितका अधिकारीहरूसहित राखेर पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लामिछानेले बिदाइ लिएका हुन्।

गएको फागुन २३ गते लामिछाने दोस्रो पटक गृह मन्त्रालय सम्हाल्न आइपुगेका थिए। गृह मन्त्रालय सम्हालेको १३१ दिनपछि उनले आइतबार बिदा लिएका छन्।

लामिछानेले बिदा लिँदा आफूमाथि छानबिन गर्नदेखि लिएर आफ्नो कार्यकालमा चलिरहेका अनुसन्धान प्रभावकारी कार्यान्वयन गर्नसम्मका निर्देशन दिएका छन्। यस्तै चार महिनामा धेरै काम गर्न नसकिएकोसम्मका समीक्षा सुनाएका छन्। 

म माथि अनुसन्धान प्रभावित भएको भए अब गर्नुस्

लामिछानेले जाँदाजाँदै सहकारी ठगीमा आफूमाथि लागेको अनुसन्धान प्रभावित पारेको आरोपबारे बोलेका छन्। उनले प्रस्ट कुरा नखोले पनि अप्रत्यक्ष रुपमा यो कुरालाई सम्बोधन गर्दै अब अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिए। 

‘मेराबारे पनि जबरजस्त प्रश्न उठाइएको छ। मैले त पहिला पनि केही भनेको थिइन,’ लामिछानेले भने,‘ तर, आजसम्म स्वतः प्रभावित हुनुभएको भए पनि अब मेरोबारे पनि अनुसन्धान गर्नुस्। गलत गरेको भए कानून मलाई पनि लाग्नुपर्छ।’ 

ठूला प्रकरण अनुसन्धान प्रभावकारी होउन्

लामिछानेले अर्को विषय प्रहरीले गरिरहेको नक्कली भुटानी शरणार्थी प्रकरण, टीकापुर, पतञ्जलि र बाल मन्दिरको जग्गा हिनामिना प्रकरणको अनुसन्धान प्रभावकारी र निष्पक्ष रूपमा अगाडि बढोस् भनेर भनेका छन्।

शरणार्थी प्रकरण अन्तर्गत बेचन झा पक्राउ पर्दा सरकार ढलेको भन्ने दाबी लामिछानेले पत्रकार सम्मेलनमा फेरी दोहो¥याए। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै गर्दा पनि लामिछानेले यही कुरा भनेका थिए। 

सरकार परिवर्तनको प्रभाव प्रहरी–प्रशासनमा नपरोस्

सरकार परिवर्तन हुँदा प्रहरी र कर्मचारीमाथि प्रभाव पर्ने भन्दै लामिछानेले आशंका गर्दै अर्को कुरा उठाएका छन्। उनले भने, ‘हामी कहाँ सरकार परिवर्तन अनौठो कुरा नै होइन। तर, सरकार परिवर्तनको प्रभाव प्रहरी र कर्मचारी प्रशासनमा पर्नु हुँदैन।’ सकेसम्म त्यो प्रभाव ग्रहण गर्ने प्रयास नगर्न प्रहरी कर्मचारीलाई उनले सुझाए।

सरकार परिवर्तन नयाँ मन्त्री आउनु र जानुको प्रभाव नागरिकसम्म पर्न नहुने पनि लामिछानेले बताए। ‘म जानु र अर्को मन्त्री आउनुमा तपाईँहरूले खासै परिवर्तन महसुस गर्नु पर्दैन। कानूनअनुसार काम गर्न मन्त्री परिवर्तनले के फरक पार्छ र रु,’ उनले भने।

सुन काण्ड प्रतिवेदन गोप्य: सनकमा सार्वजनिक गरिनँ

गृहमन्त्री लामिछानेले सुन काण्डको प्रतिवेदन जानाजान सार्वजनिक नगरेको दाबी गरेका छन्। ६१ किलो र ९ किलो ९भेप० सुन काण्ड बाहिरिएपछि तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दबाबमा सरकारले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो।

उक्त आयोगले चैत १ गते गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझ्दै लामिछानेले दोषीलाई कारबाही गरिने र प्रतिवेदन सार्वजनिक गर्ने बचन दिएका थिए।

सुन तस्करीमा पूर्व सभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुल, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका दुई छोरा जितेन्द्र र दीपेश, पूर्वउपराष्ट्रपतिका तत्कालीन वैदेशिक मामिला विज्ञ जीवन गुरुङ र सहसचिव झलकराम अधिकारी मुछिएका थिए। तर, उनीहरूमाथि पर्याप्त छानबिन नै हुन सकेन्।

यस्तोमा प्रतिवेदन नै लुकाएको आरोप लामिछानेमाथि छ। जाँदाजाँदै लामिछानेले ‘अनुसन्धान जारी रहेका कारण सुन काण्ड छानबिनको प्रतिवेदन सार्वजनिक नगरेकै हो’, भनेर दाबी गरेका छन्। ‘राज्यको गोपनीयता’ विषय भन्दै उनले भने, ‘मन्त्रीको सनकको भरमा सार्वजनिक गर्नु हुँदैन।’ 

निर्मला हत्याकाण्ड टुंगो नजिक, जिबी पक्रन सकिएन 

लामिछानेले निर्मला पन्त बलात्कार र हत्याकाण्डको अनुसन्धान टुंगो नजिक पुगेको दाबी गरे। पत्रकार सम्मेलनमा बोल्दै उनले नतिजा आएपछि भनौँला भन्ने लागेको सुनाउँदै त्यो कुरा सुरक्षा निकायलाई पनि थाहा भएको दाबी गरे। 

‘निर्मला पन्तको अत्यन्त नजिक पुगेका छौँ एकदमै नजिक। बारम्बार मलाई सोधियो मैले कहिल्यै भनिनँ,’ लामिछानेले भने, ‘किनकि रिजल्ट आओस् अनि भनौला भनेको । सुरक्षा निकायलाई थाहा छ कति नजिक छौँ।’ यसको क्रेडिट नेपाल प्रहरीले पाउनुपर्ने उनले बताए।

सहकारी ठगी प्रकरणमा फरार अभियुक्त रहेका आफ्ना पूर्व व्यवसायिक साझेदार गितेन्द्रबाबु राई९जिबी०लाई भने पक्रन नसकेको लामिछानेले स्वीकार गरे। उनले भने, ‘जिबी राईको कुरा यहाँहरूलाई थाहा छ। इन्टरपोल निरन्तर भएको संवाद, दुईपल्ट मलेसियाको गृहमन्त्रीसँग कुराकानी गरेको छु। तर मेरो कार्यकालमा हुन सकेन्।’ तर, हुनै नसक्ने काम नभएको उनले बताए। ‘अलिकति समय नपुगेको भनौँ या अन्य काममा अल्झियौँ,’ उनले भने। 

कामसँग असन्तुष्टि: चार महिनामा गर्न सकिएन 

जाँदाजाँदै लामिछानेले आफ्ना कामसँग नागरिकसमेत खुसी नभएको स्वीकार गरेका छन्। ‘हामीलाई लागेको होला के के नै गर्‍यौँ। तर, हाम्रा कामबाट नागरिक पटक्कै खुसी छैनन्,’ उनले भने,‘नागरिक सन्तुष्ट नभएसम्म हामीले कामको प्रगति विवरण भनेर बुँदाहरू थप्दै सार्वजनिक गर्नुको के अर्थ रु’

चार महिनामा धेरै काम गर्न नसकिएको स्वीकार गर्दै उनले अगाडि भने,‘तर, केही आधार तयार भएका छन्। तयार भएको आधारलाई भत्किन नदिनु होला। आशा छ नयाँ मन्त्रीले पनि बनेको आधारलाई सकारात्मक रुपमा ग्रहण गर्नुहुन्छ।’

प्रकाशित: ३० असार २०८१ १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App