२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालको विपक्षमा मत हाल्न जनता समाजवादीको ह्वीप

जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

पार्टी प्रमुख सचेतक डा.विरेन्द्र प्रसाद महतोले ह्विप जारी गर्दै प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिन निर्देशन दिएका हुन्। 

बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको उनले बताए।

प्रधानमन्त्री दाहालले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत फेस गर्दै छन्। सत्ता साझेदारमा रहेका दलहरू नेकपा एमाले र जसपाले विश्वासको मत फिर्ता  लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। उनले पाँचौँ पटक विश्वासको मत लिने तयारी गरेका हुन्।

प्रकाशित: २७ असार २०८१ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App