१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले सांसदहरूको एकै स्वर–प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिनुपर्छ

नेकपा एमालेका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन्।

प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा (एमाले) का सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा माग गरेका हुन्।

सांसदहरूले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेको बताए। सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको सांसदहरूको भनाइ छ।

बैठकमा बोल्दै नेकपा एमालेकी सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइन्।

यस्तै एमाले सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरु भइरहेका भएपनि सरकार कानमा तेल हालेर बसेको बताए। उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरे।

यस्तै एमाले सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए।

उनले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको बताए।

बलियो सरकारले मात्रै प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरुको सामना गर्न सक्ने उनले बताए।

एमाले सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार राहत र पुनःस्थापनाको काम सरकारले अगाडी बढाउन नसकेको बताए।

उनले प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको भन्दै अविलम्व राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गरे।

उनले निर्माण व्यवसायीलाई रोकिएको भुक्तानी समयमै दिन पनि सरकारलाई आग्रह गरे।

प्रकाशित: २४ असार २०८१ १२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App