१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

शेखर कोइरालालक्षित कांग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस्

नेपाली काग्रेसका सांसद डिगबहादुर लिम्बूले नयाँ सरकार गठनका लागि खुट्टा कमाउने काम पार्टीका शीर्ष नेताहरूले गर्न नहुने बताएका छन् ।

नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरेकोप्रति लक्षित गर्दै उनले शीर्ष नेताहरूले खुट्टा नकमाई कांग्रेस–एमालेबिचका समझदारी अनुसार नयाँ सरकार गठनका लागि अघि बढ्न आग्रह गरे। 

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिम्बूले मुलुकमा विद्यमान समस्या समाधानका लागि दुई पार्टीबिच नयाँ सरकार गठन गरेर अघि बढ्ने समझदारी भएकाले त्यसलाई कार्यान्वयन गरेर अघि बढ्ने काममा ढिलाइ गर्न नहुने सांसद लिम्बूको भनाई थियो ।

सांसद लिम्बूले कांग्रेस–एमालेले मुलुकमा राजनीतिक स्थिरता दिन सक्ने भएकाले पनि नयाँ सत्ता समीकरण बनाएर अघि बढने सहमति भएको दाबी गरे । 

प्रकाशित: २३ असार २०८१ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App