प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले प्रतिपक्षी दलको बेन्चमा बसेको हो।
यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। त्योसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसद सचिवालयलाई जानकारी गराएको थियो।
एमालेले असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको थियो।
प्रकाशित: २३ असार २०८१ १२:१५ आइतबार