१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीसँगको भेटबारे देउवा ब्रिफिङ: सम्बन्ध सकारात्मक छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन्।

आफ्नै निवास बूढानिलकण्ठमा नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका देउवाले ओलीसँगको भेटबारे ब्रिफिङ गरेका हुन्।

देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा ओलीसँगको भेट सौहार्दपूर्ण भएको जानकारी गराएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए।

उनले भने, 'ओलीले चिया खान बोलाउनुभयो, सौहार्दपूर्ण कुराकानी भएको छ र हाम्रो सम्बन्ध सुमधुर भएको छ भनेर सभापति देउवाले बैठकमा बताउनुभयो। त्यसबाहेकका विषय उहाँले बताउनुभएको छैन।' 

प्रकाशित: १७ असार २०८१ १७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App