१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गर्छौं: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताएका हुन्।

उनले भने, 'कुनै पनि कालखण्डमा भएका २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भन्ने कुरा मैले जानकारी गराइसकेको छु। त्यस कारण कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गरिन्छ।' 

प्रकाशित: १७ असार २०८१ १३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App