१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद बैठक बस्दै, गृह, अर्थ र शिक्षा मन्त्रीले सांसदले सोधेका प्रश्नहरूको जवाफ दिने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा गृह मन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रृष्ठले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० अषाढ) पेश गर्नेछन्।

त्यसैगरी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तो छ आजको संसद सचिवालयको कार्यसूचीः

प्रकाशित: १७ असार २०८१ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App