१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जबज स्वार्थपूर्ति गर्ने माध्यम होइन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद स्वार्थपूर्ति गर्ने माध्यम नभएको बताएका छन्।

शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा मदन भण्डारीको ७३ औँ जन्म जयन्तीको अवसरमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन।अध्यक्ष ओलीले आफ्नो स्वार्थ पूरा गर्दा जबज कार्यक्रम, सिद्धान्त, मार्गदर्शक सिद्धान्त हुने र स्वार्थ पूर्ति नहुँदा कार्यक्रम नै नहुने कुरा नभएको जिकिर गरे । उनले जनताको बहुदलीय जनवाद ओठे भक्ति नभएको पनि जानकारी दिए ।

अध्यक्ष ओलीले जबज मौकाप्रस्थको माध्यम नभएको धारणा राखे। उनले जनताको बहुदलीय जनवादले अहिले पनि आफूहरूलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताए। उनले जबजले अहिले पनि मार्गदर्शन गरिरहेको बताए। उनले जबज देशभक्ति, जनताप्रति, देशका समस्या समाधान गर्नेप्रति केन्द्रित रहेर प्रत्युत्पादन भएको धारणा राखे।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले २८ प्रतिशत वन क्षेत्रलाई सघन वन क्षेत्रमा नै परिणत गर्नुपर्ने र करिब ४० प्रतिशत सघन वन क्षेत्र बनाउनुपर्ने धारणा राखे । 

प्रकाशित: १४ असार २०८१ १७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App