१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक कानून निर्माण गर्नुपर्नेमा मन्त्री गिरीको जोड

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पुस्तकालय दर्ता र व्यवस्थापनका लागि आवश्यक ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौंमा सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको प्रथम बागमती प्रदेश सम्मेलनको बिहीवार उद्घाटन गर्दै उनले पुस्तकालय एनजीओ सरह दर्ता गरेर सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताए।

उनले आवश्यक ऐन कानून निर्माण गर्नुपर्नेमा जोड दिँदै ऐन कानून निर्माणका लागि आवश्यक सुझाव आए आफूले कानून बनाउन पहल गर्ने जिकिर गरे।

पुस्तकालय जानुपर्ने बाध्यता अहिलेको अवस्थामा कम भइरहेको अवस्थामा पुस्तकालयको आवश्यकता र औचित्य बढ्ने गरि यसलाई व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।

पुराना संस्कृतिका पुस्तकहरूलाई पुस्तकालयमा राखेर जानकारी प्राप्त गर्ने ठाँउ बनाउनुपर्ने र पुस्तकालयभित्रै बिभिन्न मुद्दाहरूमा बहस गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।

प्रकाशित: १४ असार २०८१ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App