३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको छः मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीति भन्नासाथ नाक खुम्चाउने स्थिति सिर्जना भएको बताएकी छिन्।

बिहीवार काठमाडौंमा नेपाल साहित्यिक पत्रकार संघको १८ औं स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले राजनीति देशको मुल नीति भएपनि आज आएर भ्रष्टीकरणका कारण नाक खुम्चाउने स्थिति भएको बताइन्। उनले राजनीति देशको माउ नीति भएको राजनीति नसुधारीकन अन्य क्षेत्र सुधार गर्छु भनेर सम्भव नरहेको जिकिर गरिन्।

उनले राजनीतिलाई सुधार गर्न सबैले सोच विचार गर्न आवश्यक रहेको बताइन्। साहित्यिक क्षेत्रबाट पनि राजनीतिक सुधारका लागि आवश्यक काम हुुनपर्नेमा उनले जोड दिइन्।

अहिले समाज भ्रष्टीकरणमा गइरहेको उनको भनाइ छ। उनले सकारात्मक तरिकाले समाज अघि बढाउने जिम्मेवारीलाई पूरा गर्नु सबै नागरिकको दायित्व भएको बताइन्।  

प्रकाशित: १३ असार २०८१ १६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App