२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

भ्रष्टाचार मुद्दा दर्ता भएसँगै अर्याल स्वतः निलम्बित, अब को बन्छ मुख्यसचिव ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मूखयसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै मूख्यसचिवका लागि दौडधुप सुरु भएको छ । वर्तमान मूख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध मुद्दा दायर भएसँगै मुख्यसचिवका लागि दौडधुप सुरु भएको हो ।  

हाल तोयानारायण ज्ञावाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई, एकनाराण अर्याल र अर्जुन पोखरेल  मुख्यसचिवको प्रतिस्पर्धामा देखिएका छन् । उनीहरुमध्ये सरकार कसलाई जिम्मेवारी दिन्छ प्रष्ट भएको छैन । वरियताको तेस्रो नम्बरमा रहेका भट्टराई र चौथो नम्बरमा रहेका अर्यालमध्ये एकलाई जिम्मेवारी दिनेगरी राजनीतिक तहमा छलफल सुरु भएको छ ।

‘अर्याल र भट्टराई नै अहिलेको सरकारको रोजाई हो, तर कसले बाजी मार्ने भन्ने एकिन भैसकेको छैन’, प्रधामन्त्री कार्यालयका एक सचिवले भने ।  

मूख्यसचिव ज्ञवाली भदौमा, सुवेदी कार्तिकमा, भट्टराई माघ अन्तिममा, अर्याल फागुनमा र पोखरेल २०८२ वैशाख २ गते अवकाश हुँदैछन् । ज्ञवाली हाल राष्ट्रिय योजना आयोगमा, सुवेदी सञ्चारमा, भट्टराई महिला बालबालिका मन्त्रालयमा र अर्याल गृहमन्त्रालयको जिम्मेवारीमा छन् ।  

भट्टराई यसअघि गृहमन्त्रालयको जिम्मेवारीमा थिए । गृहको जिम्मेवारीमा रहेका भट्टराई प्रधानमन्त्री पुष्पकमल दाहाल र  एमाले अध्यक्ष केपी ओलीसँग समानान्तर रुपमा नजिक छन् । त्यस्तै अर्यालको पनि दुवै जनासँग उत्तिकै राम्रो सम्बन्ध रहेको छ ।

मूख्यसचिवको नियुक्ति नहुँदासम्म प्रधानमन्त्री कार्यालयमा रहेका सिनियर सचिवले निमित्त मूख्य सचिवको जिम्मेवारी पाउनेछन् ।

प्रकाशित: ९ असार २०८१ १७:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App