१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैन: मन्त्री उप्रेती

रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री उप्रेतीले अन्तर्राष्ट्रिय प्रचलन अनुसार सामान्य अवस्थामा सीमा सुरक्षाको लागि नेपाली सेना सीमामा बस्न नमिल्ने बताएका हुन।

उनले नेपाली सेनाले दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गरिरहेको बताए। मन्त्री उप्रेतीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृङ्खलताको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्न सक्ने भन्दै त्यस्तो परिस्थिति आएमा सेना तयार रहेको बताए ।

उनले  राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक तर्जुमा भई प्रक्रियामा अगाडी बढाइएको पनि जानकारी दिए।उनले नयाँ पीढीमा राष्ट्र भाव कमजोर भइरहेको भन्दै राष्ट्र भाव जागृत गराउन राष्ट्रिय सेवा दललाई प्राथमिकतामा राखेको जानकारी गराए। 

प्रकाशित: ९ असार २०८१ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App