१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थापना दिवसमा रविको बोली: भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौं

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को स्थापना दिवसमा सभापति रवि लामिछानेले आफूहरू भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरेहेको टिप्पणी गरेका छन्। उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले रास्वपाको दोस्रो वर्षगाँठका अवसरमा फेसबुकमा एक अभिव्यक्ति राख्दै यस्तो टिप्पणी गरेका हुन्। यद्यपि उनले आफूहरू ‘भिरको बाटो’मा कसरी हिँड्नपरेको र ‘सिस्ने’ भनेर कसलाई टिप्पणी गरेको हो ? भनेर खुलाएका छैनन्।

‘रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उद्देश्यमा अडिग छौं। गन्तव्यमा स्पष्ट छौं,’ सभापति लामिछानेले लेखेका छन्,‘कुरा बाटोको हो। बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङा खस्छ ।’ उनले आफ्ना शुभेच्छुकहरूलाई रास्वपा ‘अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं’ भनेर सन्देश दिएका छन्। ‘कयौं कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन। 

वैचारिक स्पष्टता सँगै राजनीतिक परिपक्वता हासिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौं,’ उनले अगाडि लेखेका छन्। विश्वास गर्ने एकदुई जना भएका बेला हिड्ने आँट गरेको दाबी गर्दै सभापति लामिछानेले लाखौं शुभेच्छुक भएको दाबी गर्दै निश्चिन्त रहन भनेका छन्। 

यस्तै लामिछानेले देश तथा विदेशका, टोलटोल, बस्तीबस्तीका आम मान्छेको आवाज बोल्दै ‘घण्टी’मा रूपान्तरण गरेर दुईवर्षमा हल्ला नै नगरी सिंहदरबार पसिसकेको दाबी ष्रेका छन्। ‘२१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौं, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं,’ उनले अगाडि लेखेका छन्।

प्रकाशित: ७ असार २०८१ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App