३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपाको साङ्केतिक असन्तुष्टि:अमुक मन्त्री हाबी हुने बजेट बनाउन बन्द गरौँ

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि बजेटमा साङ्केतिक असन्तुष्टि जनाएको छ। 

मंगलबार प्रतिनिधिसभाको बैठकमा चलिरहेको बजेटमाथिको छलफलमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाएका हुन्।‘अमुक मन्त्री हाबी हुने बजेट बनाउन अब हामी बन्द गरौँ,’ प्रमुख सचेतक परियारले भने,‘एउटा निश्चित मापदण्ड, निश्चित व्यवस्था त गर्न सकिन्छ होला नि त। कानुन तर्जुमा गर्न सकिन्छ होला नि त।’

बजेट एउटा विधिमा बनाउन प्रस्ताव गर्दै सांसद परियारले भने,‘एउटा पद्धतिमा बनाऔँ । यसलाई एउटा सूत्रमा बनाऔँ । समन्यायिक विकासको कुरा हामी सबै गर्छौ। तर समन्यायिक बजेट वितरण किन हुन सक्दैन ?’ 

सरकार र मन्त्रीको विशेष प्राथमिकता भए पनि कमसेकम सबै क्षेत्र, भूगोल, निर्वाचन क्षेत्रमा न्यूनतम निश्चित बजेट जाने भन्ने कुरा त गर्न सकिन्छ होला ! सांसद परियारले प्रस्ताव गरे। ‘त्यो खालको कार्यपद्धती बनाउन किन नसक्ने रु त्यो गर्न सकियो भने मात्रै बजेट, सरकारका माथि आएका टिका टिप्पणीहरू कम हुन्छ भन्ने मलाई लाग्छ।अन्यथा फेरि पनि बजेट माथि गर्ने बहस यस्तै रहन्छ,’ परियारले अगाडि थपे।यसअघि रास्वपाले बजेटमाथि मौन समर्थन जनाउँदै आएको थियो।

प्रकाशित: ४ असार २०८१ १६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App