१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई काँग्रेस सांसद राणाको प्रश्न: सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो?

नेपाली काँग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन,नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? भनी प्रश्न गरेका छन्।

मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन।

सांसद राणाले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारा लगाएपछि निर्वाचित गरे पनि सो अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे।उनले बजेट जनताको भएकाले जनप्रतिनिधि सांसदहरूको सुझाव लिएर मात्रै त्यसलाई अघि बढाउन सरकारलाई सचेत गराए। सांसद राणाले बजेट निर्माण गर्ने जनतासँग सुझाव लिने व्यवस्था पनि गर्नुपर्ने सुझाव सरकारलाई दिए।

सांसद राणाले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरूको मिलेमतोमा मात्रै बजेट आउने गरेकाले त्यसले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको जिकिर पनि गरे। 

प्रकाशित: ४ असार २०८१ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App