१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मेयर बालेन ब्राजिल प्रस्थान

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ब्राजिल गएका छन्।  

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन उनी सोमबार बिहान ब्राजिल उडेका हुन् । जुन १९ र २० मा साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा उनी सहभागी हुनेछन्।  

मेयर शाहले ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा जुन १९ मा हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्यानलिष्टका रुपमा धारणा राख्नेछन्।  

सहरी आवास र भवनहरुको विषयमा हुने उक्त बैठकले सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा साझा निष्कर्ष निकाल्नेछ।  

शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । पूर्वाधार सल्लाहकार सुनिल लम्सालसहित ब्राजिल गएका उनी असार ८ गते काठमाडौं फर्कनेछन् । 

प्रकाशित: ३ असार २०८१ १५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App