१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीहरुद्वारा बकर इदको शुभकामना

फाइल तस्बिर

इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुले शुभकामना दिएका छन् ।  

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बकर इदको अवसरमा शुभकामना दिँदैै बहुपहिचान, बहुधार्मिक, सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच सुदृढ एकता रहेको बकर इदले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रदान गर्ने बताएका छन। यस पर्वले कोशीमा मात्रै नभएर मुलुकभर एवं विदेशमा समेत मौलिक संस्कृति र परम्परा संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने उनको शुभकामना सन्देशमा उल्लेख छ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बकर इद (उल–अजहा) को अवसरमा शुभकामना दिँदै सबै चाडपर्व तथा संस्कृतिको संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धितर्फ देशलाई लैजान सकिने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

यस्तै मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बकर इद (उल–अजहा) पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने बताए । बकर इद (उल–अजहा) पर्वको अवसरमा शुभकामना दिँदै उनले यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने उल्लेख गरे।

यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बकर इद (उल–अजहा) को अवसरमा शुभकामना दिँदै यस पर्वले बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउने बताएका छन । समाजमा तृष्णा, लोभ र द्वेषलाई त्यागेर सकारात्मक सोचको विकास गरी समाज रूपान्तरणमा नेपाली समाजमा मनाइने चाडपर्वबाट सहयोग पुग्ने उनको सन्देशमा उल्लेख छ।

बकर इदको अवसरमा शुभकामना दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जातजाति, वेशभूषा, संस्कृति र परम्पराको विविधता रहेको नेपालमा यस पर्वले एकता र सहकार्यको वातावणलाई अझ मजबुद बनाउने विश्वास व्यक्त गरेका छन। बकर इद लगायतका चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि भइ राष्ट्रिय एकता थप सुदृढ हुने उनको शुभकामना सन्देशमा भनिएको छ।  

प्रकाशित: ३ असार २०८१ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App