११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा २०८१ को विभिन्न शीर्षकहरूमाथि जारी छलफल अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उनले जिडिपीको वृद्धिदर सुस्त रहेको, मुद्रास्फिती उच्च रहेको र बेरोजगारी बढ्दो क्रममा रहेको अवस्थालाई मध्यनजर नगरी बजेट ल्याइएको बताए।

सरकार र अन्तर्राष्ट्रिय साझेदारहरुले यसको प्रभावलाई कम गर्न उपायहरु सुझाइरहेको भएपनि त्यसअनुसार बजेट नआएको उनको धारण थियो।

‘जम्मै जिडिपीको वृद्धिदर सुस्त छ। मुद्रास्फिती उच्च छ। बेरोजगारी बढ्दो छ। महत्त्वपूर्ण राजश्व चुनौतीहरू छन्। यसले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन। सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन। आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन।’ उनले भने।

उनले यो गैरजिम्मेवारीपनाको पराकाष्ठा भएको बताए। बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाउँदै उनले भने ‘ ६ खर्ब बराबरको बजेट घाटा यो बजेटमा देखाइएको छ। यस्तो ठूलो घाटा बजेटले देशमा भयावह मुद्रास्फीतिको अवस्था कायम भई देशमा आर्थिक अराजकता मात्रै नभई चरम सामाजिक विकसंगति पनि बढ्न सक्छ। वैदेशिक मन्त्रीको वर्तमान अवस्थामा न त वैदेशिक अनुदान, न त वैदेशिक ऋण, न त आन्तरिक ऋणले बजेटमा देखाइए अनुसारको न्यून पूर्ति गर्न सक्ने अवस्था छ।’

प्रकाशित: २ असार २०८१ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App