११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन सरकारलाई डा. वाग्लेकाे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्।

उनले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दबाब दिए।

उनले रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे। ‘प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेण्डामा हामी प्रवेश गर्नुपर्ने भयो। त्यसमा लगानी पुगेको छैन। लागत घटाउनु पर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो। क्लाइमेट फाइनान्स ने अबको विकास फाईनान्स हुने कुरालाई पनि सरकारले ध्यान दिनुपर्छ।’ उनले भने।

उपसभापति वाग्लेले क्लाइमेट फाइनान्स नै अबको विकास फाइनान्स भएको कुरालाई पनि सरकारले बिर्सन नहुने जिकिर गरे।

प्रकाशित: २ असार २०८१ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App