१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कर्णालीको झोलुङ्गे पुल तत्काल मर्मत गर्न माग

प्रतिनिधि सभाका सांसदहरुले कर्णाली नदीको झोलुङ्गे पुल तत्काल मर्मत सम्हार गर्न माग गरेका छन्।  बुधवारको बैठकमा सांसदहरुले पुलका कारण दैलेख र अछामका नागरिकलाई आवतजावतमा समस्या भएको भन्दै तत्काल मर्मत सम्हार गर्न माग गरेका हुन्।

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद् सीताकुमारी रानाले झोलुङ्गे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताए। आइतबार कर्णालीको झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १३ खच्चर दुर्घटनामा परेका थिए।

सांसद् रानाले पुल तुरुन्तै मर्मत सम्हार नगरे मानवीय दुर्घटना हुनसक्ने भन्दै सरकारको ध्यानार्कषण गराए। ‘सरकारले जतिसक्दो छिटो प्राविधिक टोली पठाएर कर्णालीको पुल मर्मत गर्नुपर्ने स्थिति छ’, उनले भने, ‘होइन भने प्राकृतिक प्रकोपले झनै स्थिति नाजुक हुन सक्छ। कर्णालीका बासिन्दालाई सरकार छ भन्ने आभास होस्।’ रासस

प्रकाशित: ३० जेष्ठ २०८१ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App