१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्रीद्वय गुरुङ र देवकोटाद्वारा शपथ

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीद्वय राजीव गुरुङ (दीपक मनाङे) र फणिन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सभाकक्षमा आयोजित एक समारोहकाबीच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन ।

मन्त्री गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन । उनले यसअघि पनि मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । साथै मन्त्री देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सो समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, प्रदेश सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति थियो । 

प्रकाशित: २९ जेष्ठ २०८१ १४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App