४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो: मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताएकी छिन् ।

मंगलवार काठमाडौंमा  आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन । उनले  सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र रहेको बताइन । मन्त्री शर्माले अनियमिततालाई नियन्त्रण गर्न यस क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने बताइन । उनले यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको धारणा राखिन । उनले यस क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा बढी अनियमितता हुने गरेको बताइन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विगतका नीति, नियम, कानुन समयसापेक्ष बनाइ नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताइन । उनले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरूका रुपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको बताइन।

उनले सूचना र प्रविधिको क्षेत्रका समस्या समाधान र अनियमितता हटाउन मन्त्रालयको नेतृत्वमा कार्यदल बनाएर जाने कुरामा छलफल भइरहेको बताइन । सूचना, प्रविधि दशकका लागि कार्यदलले क्रमशः वर्षहरूमा के गर्दै जाने भन्ने एजेन्डा कार्यदलले बनाउने मन्त्री शर्माले जानकारी दिइन ।मन्त्री शर्माले २०७६ सालमा सुरु भएको डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन हनु नसकेको धारणा राखिन । 

प्रकाशित: २९ जेष्ठ २०८१ १३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App