१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारले तत्काल अस्पताल सञ्चालन ऐन ल्याउनु पर्छः सांसद डा.कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी रहेको बताएकी छिन्।

मंगलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै  पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत रहेकी डा.कार्कीले स्वास्थ्य संस्था तथा अस्पताल सम्बन्धी मापदण्ड कार्यान्वयन नभएकाले पनि सो ऐन ल्याउन सरकारले ढिलाई गर्न नहुने बताइन्।

सांसद कार्कीले विपन्न नागरिकका लागि १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने मापदण्ड समेत अस्पतालहरुले पालना नगरेको दृष्टान्त पेश गर्दै त्यस्ता अस्पतालहरुलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारले ऐनमा नै स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन्।

उनले सरकार अस्पताल, निजी अस्पताल, सामूदायिक अस्पताल, मेडिकल कलेजमा सञ्चालित अस्पतालहरुलाई विपन्न नागरिकको पक्षका काम गराउन पनि सरकारले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने भन्दै निजी अस्पतालहरुले सरकारले तय गरेको मापदण्ड पालना नगरेको पनि गुनासो गरिन्।

प्रकाशित: २९ जेष्ठ २०८१ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App