१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

गगनको दाबी–०८४ सम्म प्रतिपक्षमा बस्छौं, जनताका मुद्दा उठाउँछौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेस सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताएका छन्।शनिबार काठमाडौं महानगरपालिका–३ को एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८४ सम्म प्रतिपक्षमा बसेर जनताका मुद्दा उठाउने र पार्टी पुनःनिर्माण गर्दै बलियो पार्ने बताएका हुन्।

‘कांग्रेसको सरकार बनाउने र गिराउने चाहाना छैन,’ थापाले भने,‘कांग्रेस जनताका विषयलाई लिएर अगाडि बढ्छ ।’सरकार र शक्तिको आडमा अदालत र संवैधानिक आयोगलाई प्रभावमा पारेर कसैले जनविरोधी काम गर्नखोज त्यसको प्रतिवाद गर्ने उनले बताए ।

२०७९ को निर्वाचनमा तत्कालीन पाँच दलबीच पाँचवर्षका लागि गठबन्धन भएको बताउँदै महामन्त्री थापाले त्यो कांग्रेसका कारण नटुटेको बताए । ‘त्यो हाम्रो चाहनाले टुटेको होइन, परिस्थितीले टुट्यो।अब प्रतिपक्षमा बसेर संगठन निर्माणको कामलाई अगाडि बढाउनुपर्छ,’ उनले भने । बाँकी रहेका तीन वर्ष पार्टीलाई पुनःनिर्माण र बलियो बनाउने समय भएको महामन्त्री थापाको भनाई छ।

प्रकाशित: २६ जेष्ठ २०८१ १२:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App