१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गिरीबन्धु प्रकरणबारेको प्रश्नमा ओलीले भने: ‘बालेनलाई सोध्नू’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु प्रकरणका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) लाई प्रश्न सोध्न भनेका छन्।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले यस्तो प्रतिक्रयमा दिएका हुन्। संसद् भवन परिसरमा सञ्चारकर्मीको ‘गिरीबन्धु टी–स्टेटको कुरा आइरहेको छ नि ?’ भन्ने प्रश्नमा  अध्यक्ष ओलीले आक्रोशित हुँदै ‘बालेनलाई सोध्नु’ भन्ने जवाफ दिएका हुन्।

सो जवाफपछि उनले थप प्रतिक्रिया दिन चाहेनन्। सोमबार सामाजिक सञ्जालमा काठमाडौं महानगरका प्रमुख बालेन शाहले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धु टी–स्टेट जग्गा प्रकरणलाई विषयान्तर गरेको आरोप लगाएका थिए।

प्रमुख बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन न्युरोडकाे सडक फेरी बनाउन लागेको भन्दै पहिला गिरीबन्धु टी–स्टेट पीडितको बैना फिर्ता गर्न सुझाव दिएका थिए।

प्रकाशित: २१ जेष्ठ २०८१ १७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App