१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

ठूलो बजेट ल्याउने चाहनामा ब्रेक, बजेटरी सुधारमा गुञ्जायस छैनः कांग्रेस

पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अर्थमन्त्री बर्षमान पुनले ल्याएको बजेटमा दुई बुँदे टिप्पणी गरेका छन्।

बजेट भाषणपछि संघीय संसद् भवनबाहिर पत्रकार सम्मेलन गर्दै उनले ठूलो बजेट ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको चाहनामा ब्रेक लागेको र सुधारमा कुनै गुञ्जायस नरहेको बताएका छन्।

‘विदेशी सहयोग देखाउने ठाउँ थिएन, राजस्व अत्याधिक बढ्छ भन्ने ठाउँ पनि थिएन । त्यसैले उहाँहरूले चाहेजस्तो अत्यन्त ठुलो बजेट बनाउने जुन प्रधानमन्त्रीले भन्दै आउनुभाथ्यो, उहाँ९अर्थमन्त्री वर्षमान पुनले भन्दैआउनुभाथ्यो,’ महतले भने,‘त्यसमा केही मात्रामा ब्रेक लागेको छ। तरपनि यो बजेट वास्तविकताभन्दा केही माथि छ, नम्बर एक।’  

यस्तै नम्बर दुईमा सरकारले भन्दै आएको ‘डिकेट लङ’ बजेटरी सुधारको कुनै गुञ्जायस नदेखिएको महतले बताए। उनले भने, ‘सुधारको प्रारम्भ गर्छौ भन्नुभाछ, बजेटरी प्रकृयामा। तरपनि सुधारका केहीपनि गुञ्जायस छैन।’

विगतमा सबैभन्दा ठुलो बजेटरी सिस्टममा रहेको बेथिति आफू अर्थमन्त्री हुँदा सुधारको प्रयास गरेको दाबी गर्दै महतले त्यसलाई तिलाञ्जली दिएको दाबी गरे।

‘ठूलै बेथिति थियो बजेट विनियोजन नभइकन ठेक्का लाउने प्रवृत्ति। त्यसै गरेर बजेट कनिका छरेर,’ उनले भने,‘त्यल्लाई हामीले कार्यविधि बनाएर तीन करोडभन्दा तलका योजना नराख्ने भन्या थ्यौं। त्यसमा उहाँ मौन हुनुहुन्छ। मैले बुझेअनुसार उहाँले त्यो कार्यबिधिलाई तिलाञ्जली दिइसक्नुभयो।’

यो उदाहरणले बजेटरी सुधारमा अर्थमन्त्री पुनले कहाँ सुधार गर्दै हुुनुहुन्छ भन्दै महतले प्रश्न गरे। ‘भनेपछि सुधार कहाँ गर्दैैहुनुहुन्छ रु केहीपनि थाहा छैन। जस्तो निर्माणाधीन आयोजनालाई पहिलो प्राथमिकता दिनेमा उहाँ मौन हुनुहुन्छ। त्यसैले बजेटरी सुधार हुने कुनै छन्द देखेको छैन,’ उनले भने।

यस्तै वितरणमुखी विषयवस्तु छोपिएको दाबी गर्दै उनले सम्पूर्ण विनियोजन आइसकेपछि प्रस्ट हुने बताए।

प्रकाशित: १५ जेष्ठ २०८१ १७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App