२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्टार्टअप बोर्ड गठन गरिने, एक अर्बको नेपाल स्टार्टअप कोष

संघीय सरकारले आगामी आर्थिक वर्षमा उद्यममा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनमा इकोसिस्टम विकास गरी उद्यमशील वातावरण तयार गर्ने योजना अघि सारेको छ।

अर्थमन्त्री बर्षमान पुनले आगामी आवका लागि बजेट भाषण गर्दै यस्तो बताएका हुन्। बजेट भाषणमा स्टार्टअप उद्यमीलाई नियमन र सहजीकरण गर्न स्टार्टअप बोर्ड गठन गरिने अर्थमन्त्री पुनले घोषणा गरे। 

यस्तै स्टार्टअप उद्यमीको वित्तीय आवश्यकता सम्बोधन गर्न एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिने बजेट भाषणमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App