४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले संसदीय दलको बैठक सुरु

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ। बुधवार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको दाबीसहित छानविनका लागि संसदीय समिति बनाउनुपर्ने अडानसहित नेपाली काँग्रेसले संसद बैठक र सडक संघर्ष समेत सुरु गरिरहँदा एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो।

बैठकमा गिरीबन्ध टि स्टेटको जग्गा सरकारको मातहत ल्याउन सर्वोच्च अदालतले आदेश दिएको विषयमा पनि छलफल हुने बताइएको छ। 

नेपाली काँग्रेसले केपी ओली नेतृत्वको तत्कालीन सरकारले सो जग्गा व्यक्तिको नाममा सट्टा गर्न मिल्ने गरी नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ। 

प्रकाशित: २ जेष्ठ २०८१ १३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App