२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश सांसद लिम्बुले रोजिन् अशोक राईको पार्टी

कोशी प्रदेश सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन्। आज प्रदेश निर्वाचन कार्यालयमा गएर लिम्बुले अशोक राई नेतृत्वको जसपामा रहन सनाखत गरेकी हुन्।

लिम्बुले आफूले संस्थापन पार्टीमै रहने निर्णय गरेको लिम्बुले बताइन्। ‘पहिले देखि नै अशोक राई नेतृत्वको पार्टीमा थिए’ लिम्बुले भनिन्‘ अहिले पनि म संस्थापन पक्षमै छु।’ लिम्बुले जसपा नेपालमा रहँदा पार्टीको निर्णय पनि थाहा नपाउने अवस्था रहेको बताइन्। 

उनले कोशी प्रदेशमा विश्वासको मत दिन लगाएको तर, केन्द्रीय अध्यक्ष राजीनामा दिएर सरकार छाड्दासमेत आफूलाई जानकारी नदिएको गुनासो गरिन्। कोशी प्रदेश सरकारमा सहभागी हुने नहुने विषयमा लिम्बुले केन्द्रले गरेको निर्णय अनुसार अघि बढ्ने स्पष्ट पारिन्।

कोशी प्रदेशमा जसपा नेपालको एक जना मात्रै सांसद रहेकोमा लिम्बु अशोक राई पक्षमा गएपछि कोशीमा उपेन्द्र यादव नेतृत्वको पार्टी सांसद विहीन भएको छ। 

प्रकाशित: १ जेष्ठ २०८१ १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App