२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकार छोडने निर्णय गरेका छैनौँः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन्।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रश्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पारे। उनले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलीबाट सूरु हुने पार्टी केन्द्रिय कमिटी बैठकमा थप छलफल हुने पनि बताए।  

नेकपा एसले मंगलवारबाट ललितपुरको कान्तिपुर गार्डेनमा पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ। नेता खनालले दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने बताए।

नेकपा एसको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ। सोही महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको बारेमा छलफल गर्न आयोजना गरिएको पोलिटब्युरो बैठक आज सम्पन्न भएको छ। यसअघि पार्टीको स्थायी कमिटी बैठक बोलाइएको थियो। मंगलवारबाट केन्द्रिय कमिटीको बैठक शुरु हुने र त्यसले ती दस्तावेजहरुलाई अन्तिम रुप दिने नेकपा एसले जनाएको छ।  

प्रकाशित: ३१ वैशाख २०८१ १८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App