२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन्।

प्रदेशसभाको आजको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दै उनले प्रदेशसभा सदस्यहरू समक्ष विश्वासको मत दिन आग्रह गरेका हुन्।

कार्कीले सरकार गठनको विषयमा अदालतमा मुद्दा परेको भन्दै अदालतले गरेको फैसला मान्ने बताएका छन्। ‘सरकार गठनसम्बन्धी मुद्दा अदालतमा छ ’ कार्कीले भने‘ अदालतबाट फैसला आएपछि उक्त फैसलाअनुसार नै हुनेछ। तर, अहिले मलाई विश्वासको मत दिन सम्पूर्ण  प्रदेशसभा सदस्यहरूलाई आग्रह गर्दछु।’

यता नेपाली कांग्रेस भने बैठकमा अनुपस्थित छ। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।

सरकार गठनको प्रक्रियाका विरुद्ध अदालतमा मुद्दा विचाराधीन भएका बेला मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको भन्दै कांग्रेस असन्तुष्ट छ। कांग्रेसको आज बसेको संसदीय दलको बैठकले अदालतले मुद्दा फैसला नगरेसम्म प्रदेशसभा बैठकमा उपस्थित नहुने निर्णय गरेको जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०८१ १४:१८ सोमबार

#Chief Minister Hikmat Kumar Karki #A vote of confidence