कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीलाई समर्थन गर्ने प्रदेशसभा सदस्यहरुको सनाखत सुरु गरेका छन्।
आज बिहानमात्र ५२ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख खापुङले हस्ताक्षर गर्ने सबै सदस्यहरुलाई सनाखतका लागि उपस्थिति हुन आग्रह गरेका हुन् । कार्कीलाई नेकपा (माओवादी केन्द्र)सहितको दलको समर्थन रहेको छ।
प्रदेश प्रमुख कार्कीले आज साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए। उनको आह्वान गैरसंवैधानिक रहेको दाबी सहित मुख्यमन्त्री केदार कार्कीले भने अदालत जाने बताएका छन्।
प्रकाशित: २७ वैशाख २०८१ १२:५४ बिहीबार