६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

घरेलु उत्पादनका लागि अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष जरुरी: मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लघु, घरेलु तथा साना उद्योगद्वारा उत्पादित वस्तुको प्रवर्द्धन गर्न केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको बिक्री कक्ष स्थापना जरुरी रहेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघ एवं केन्द्रीय महिला उद्यमी समितिले बुधबारदेखि भृकुटीमण्डपमा सुरु गरेको नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।

उनले बिक्री कक्ष स्थापनाका लागि पूर्वाधार निर्माणमा आवश्यक पर्ने सहयोग र सहुलियतमा उद्योग मन्त्रालयले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘लघु, घरेलु तथा साना र महिलाले सञ्चालन गरेका उद्योगले ठूलो मात्रामा रोजगारी सिर्जना गरेको छ,’ उनले भने, ‘त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्न आगामी बजेटमा लक्षित कार्यक्रम ल्याइने छ।’

सम्भावनायुक्त लघु, घरेलु तथा साना उद्योगलाई निश्चित समयका लागि सबै खाले करबाट मुक्त गरी स्वदेशी उत्पादनको अभिवृद्धि गर्न त्यस्ता उद्योगलाई पुँजी, प्रविधि र पहुँचका लागि विशेष कार्यक्रम अगाडि सारिने मन्त्री भण्डारीले बताए।

प्रकाशित: २६ वैशाख २०८१ १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App