७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पार्टी विभाजन असंवैधानिक छ, हामी अदालत जान्छौंः उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताएका छन्।

पार्टी विभाजन गैरकानूनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसविरुद्ध अदालत जाने बताए।  

पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधबार ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको आरोप समेत लगाए।

पार्टी विभाजन गर्ने काम असंवैधानिक भएकाले आफूहरुले अदालतमा गएर चुनौति दिने अध्यक्ष यादवको भनाई थियो। उनले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाई कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको बताए। अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताए।  

प्रकाशित: २६ वैशाख २०८१ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App