५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिई तटस्थ बस्ने राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आजको विश्वासको मत प्रक्रियामा तटस्थ बस्ने भएका छन्।

राप्रपाका प्रदेश सभा सदस्य विन्दु पौडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज प्रदेश सभामा लिने विश्वासको मतको क्रममा आफ्ना पार्टीका सांसदहरू तटस्थ बस्ने बताइन्।

उनले मुख्यमन्त्रीले राख्ने विश्वास मत प्रस्तावको पक्ष वा विपक्षमा नरही तटस्थ बस्ने कुरा केन्द्रबाटै निर्णय भएकाले सोही अनुसार आजको विश्वाको मतमा आफूहरू तटस्थ बस्ने बताइन्। गण्डकी प्रदेश सभामा राप्रपाका २ जना सांसद रहेका छन्।

मुख्यमन्त्री अधिकारीले आज अपराह्न ३ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।

नेकपा (एमाले) गण्डकी संसदीय दल नेतासमेत रहेका अधिकारी गत चैत २५ गते संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ८ र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’को समर्थन छ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र दिपक मनाङे गरी ६० जना सदस्य छन्।

प्रकाशित: २३ वैशाख २०८१ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App