८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

भाजपाको निम्तो मान्न पाँच राजनीतिक दलका नेता नयाँ दिल्ली पुगे

भारतीय जनता पार्टीको (भाजपा) निम्तोमा नेपालका पाँच वटा राजनीतिक दलका नेताहरू नयाँ दिल्ली पुगेका छन्।

भाजपाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीका नेतालाई निम्तो दिएर बोलाएका हुन।

नेपालबाट जाने टोलीलाई भाजपा मुख्यालयमा उक्त पार्टीका अध्यक्ष जेपी नड्डाले स्वागत गरेका छन्।

नेपाली कांग्रेसका नेता उदय शमसेर जबरा, एमाले उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रका नेता मातृका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीका डा। जयकान्त राउत नयाँ दिल्ली पुगेका छन्।

भाजपाले डा.सीके राउत नेतृत्वको जनमतलाई बोलाए पनि अन्य मधेसवादी दललाई निम्तो दिएको छैन। नयाँ दिल्ली पुगेका दलका नेताहरूले भारतीय विदेश मन्त्री डा.एस जयशंकरसँग संवाद गरेका छन्। यो टोलीले त्यहाँका रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि भेट तथा अन्तरक्रिया गरेका छन्।

भाजपाले आफ्नो चुनावी अभियान देखाउनुका साथै प्रचार रणनीति र तिनका विधिबारे पनि जानकारी दिने कार्यक्रम छ। बिजेपीका विदेश विभाग इन्चार्ज डा।विजय चौथाइवाले समेत टोली नेताहरूसँग भेट तथा अन्तरक्रिया गरेका छन्।

प्रकाशित: २१ वैशाख २०८१ १८:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App