३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेको सरकारले मात्रै मुलुकमा विकास अभियानले तीव्रता पाउँछः पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता बताएका छन्।

धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुकमा विकास अभियानले तिब्रता पाउने बताएका हुन्।

उनले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरुप काम गर्न कठिनाई भइरहेकाले २०८४ मा एमालेलाई सबैभन्दा ठूलो दलको रुपमा जिताउन आग्रह गरे। यस्तै,उनले एमालेले बहुमत ल्याउनका लागि कार्यकर्ताहरुले अहिल्यैदेखि नै खट्नु आवश्यक रहेको बताए।

उनले भने, ‘एमाले सम्पूर्ण नेपालीको पार्टी हो, एमाले मधेसी पहाडी वा हिन्दु मुस्लिमको पार्टी होइन, नेपालमा बसोवास गर्ने सबै नेपालीको पार्टी हो। त्यसैले एमालेमाथि चौतर्फी आक्रमण हुँदा समेत यहाँका मधेसी जनता लगायत सम्पूर्ण नेपालीले बचाए र हामीले त्यो षड्यन्त्रलाई विफल पार्न सफल भयौं।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको उनको भनाइ छ। एमालेले कृषि र सिंचाईमा बढी जोड दिएर काम गरिरहेको पनि बताउनु उनले बताए।

प्रकाशित: १६ वैशाख २०८१ ०८:५९ आइतबार

ईश्वर पोखरेल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष धनुषाको विदेह नगरपालिका पार्टी प्रवेश कार्यक्रम