२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

अर्थसचिवमा मरासिनी, पुष्करलाई प्रधानमन्त्री कार्यालय तानियो

सरकारले अर्थसचिवको जिम्मेवारी हेरफेर गरेको छ। हालका अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने सरकारले निर्णय गरेको छ। उनको स्थानमा मधुकुमार मरासिनीलाई जिम्मेवारी दिइएको छ। 

नेसनल पेमेन्ट खरिद प्रकरणमा अख्तियारले मरासिनी विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा मरासिनीले पेमेन्ट गेटवे खरिदका लागि बजेट विनियोजन गरेको भन्दै अख्तियारले उनीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाएको हो। तर, विशेष अदालतले अख्तियारको दाबीलाई गलत साबित गर्दै मरासिनीलाई सफाइ दिएको हो।

सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुर्नस्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने पनि सरकारले निर्णय गरेको छ।

यस्तै लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेश गर्ने निर्णय पनि सरकारले गरेको छ। 

प्रकाशित: १० वैशाख २०८१ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App