२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन टिक्नेमा नेपालको आशंका, भन्छन्ः कति दिन टिक्छ थाहा छैन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्ने हो भन्ने प्रश्न उठेको बताएका छन्।

नेकपा एमालेको पार्टीक केन्द्रिय कार्यालय च्यासलमा भएको नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रिय सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीति जटिल रहेको बताए।

उनले छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेको भन्दै गठबन्धन लामो समयसम्म जानेमा आशंका व्यक्त गरे। उनले अहिलेको गठबन्धनको परिस्थिति सहज नरहेको जिकिर गर्दै धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि आफूहरु राजनीतिमा नआएको बताए।

उनले वर्तमान सत्ता गठबन्धनमा आफूहरुले सहजता महशुस नगरेको भन्दै गठबन्धन तलमाथि हुनसक्ने आशंका व्यक्त गरे।

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवालहरु, समानता र न्याय, रोजगारीका समस्याहरु, आर्थिक उन्नतिको कुरामा कम्युनिष्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने बताए।

प्रकाशित: १० वैशाख २०८१ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App