१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

सत्ता सहकार्यलाई दिगो बनाउन एमाले केन्द्रित हुन्छ: ओली

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणलाई दिगो, परिणामुखि र सफल बनाउन एमालेले सम्पूर्ण सामथ्र्य केन्द्रित गर्ने बताएका छन्।

शनिबारबाट ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले सो कुरा बताएका हुन्।

अध्यक्ष ओलीले जनताको मनमा यस सहकार्यको दिगोपनामाथि आशंका रहेको उल्लेख गर्दै त्यसको खण्डन पनि कुनै मन्तव्य वा वक्तव्यबाट नभई व्यवहारबाटै दिने बताए।

उनले जनतामा व्याप्त निराशा चिर्ने र देश अघि बढ्छ भन्ने विश्वास जगाउने गरी तीव्र रफ्तारका साथ काम गर्न सरकारलाई पनि सुझाव दिए।

राजनीतिलाई सधैँभरि प्रयोगको थलो बनाइराख्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस खालको गतिविधि गरे आफैँ फस्न सकिन्छ भन्ने तथ्यलाई हेक्का राख्न पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई सचेत गराए।

अध्यक्ष ओलीले एमालेले देश र जनताको हितका लागि नयाँ सत्ता समीकरण बनाएकाले त्यसमा पदीय लालचा नराखेको दाबी गरे।

प्रकाशित: ८ वैशाख २०८१ १५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App