१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेका ४ र नाउपाका १ जना सरकारमा जाँदै, विनाविभागीयको रुपमा आज शपथ

नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यका अनुसार एमालेबाट भुमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन केसी र रत्न बहादुर खत्री सरकारमा सहभागी हुन लागेका छन।

यस्तै नागरिक उन्मुक्ति पार्टीको तर्फबाट धर्मबहादुर चौधरी पनि सरकारमा सहभागी हुन लागेका छन्।

सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लागेपनि मन्त्रालय पनि टुङ्गो लाग्न नसकेको आचार्यले बताए। उनका अनुसार सबैजना मन्त्रीहरूले विना विभागीय मन्त्रीको रुपमा आज साँझ ५ बजे शपथ ग्रहण गर्नेछन्।

चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक/एक जना मन्त्री बनाइसकेका छन्।

जसमा एमालेबाट ढकाल विना विभागीय, माओवादी केन्द्रबाट दिपेन्द्र पुन स्वास्थ्य र जसपाबाट भण्डारी लाल अहिर कृषि मन्त्रीको रुपमा शपथ ग्रहण गरिसकेका छन्।

लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन्। अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ।

यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष अशोक यादवले बताएका छन्।

प्रकाशित: ६ वैशाख २०८१ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App