१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गण्डकीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीलाई भेट्न उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।

भेटघाटको क्रममा गण्डकी प्रदेशको समग्र विकासका बारेमा छलफल भएको अधिकारीले आप्mनो सामाजिक सञ्जालमा लेखेका छन्।

उनले गण्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भएको र प्रधानमन्त्रीले यसलाई सकारात्मक रूपमा लिएको पनि उल्लेख गरेका छन्।

प्रकाशित: ५ वैशाख २०८१ ०९:५५ बुधबार

गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्रीको सरकारी निवास