१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

समिति गठन नगरेर सरकार गैर जिम्मेवार रूपमा प्रस्तुत भयो: कांग्रेस

नेपाली कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुको साटो सरकार संसद् अधिवेशनै अन्त्य गरेर भागेको निष्कर्ष निकालेको छ। र, यसलाई कांग्रेस सरकारको ‘गैर जिम्मेवार कदम’का रूपमा व्याख्या गरेको छ।

नेपाली कांग्रेसको आइतबार बिहान बसेको संसदीय दलको बैठकले सरकारले संसदीय अभ्यास कमजोर बनाउन यस्तो निर्णय गरेको निष्कर्ष पनि निकालेको छ।

‘सरकारले सदनमा उठेका विषयमा सार्थक संवाद नगरी गैर जिम्मेवार तरिकाले अप्रत्याशित र असामयिक ढङ्गले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हाम्रो ठहर छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नागरिकन्यूजसँग भने, ‘यसले संसदीय अभ्यासलाईनै कमजोर बनाउँछ।’

नेपाली कांग्रेसलगायतका प्रतिपक्ष दलहरूले समग्र सहकारी प्रकरण र गृहमन्त्री रवि लामिछाने माथि लागेको आरोप छानबिन गर्न तत्काल ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग राख्दै आएका छन्। तर सत्ताधारीका दलका नेताहरू समिति गठन गर्ने पक्षमा देखिएका छैनन् जसले गर्दा केही दिनदेखि प्रतिनिधिसभाका बैठकहरू अवरुद्ध हुँदै आएका थिए।

यसबीच सरकारले समिति गठनको मागलाई बेवास्ता गर्दै गत शुक्रवार संसद्को चालु अधिवेशन आइतबार मध्यराती १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

प्रकाशित: २ वैशाख २०८१ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App