१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्। शुक्रबारको संसद बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन्।

महराको पक्षमा ४८ जना सांसदले मत दिए भने उनको विपक्षमा २८ मत रह्यो। कुल ८६ सदस्यीय प्रदेशसभामा शुक्रबार मतदान भएको थियो। महराले प्राप्त गरेको मत संसदको बहुमत हो। महरालाई माओवादी सहित एमाले, नागरिक उन्मुक्ति, जनता समाजवादी लगायतका दलका सांसदहरूले विश्वासको मत दिए।

कांग्रेसले मुख्यमन्त्री महराको विपक्षमा मतदान गर्‍यो भने राप्रपा तटस्थ रहयो। माओवादी संसदीय दलका नेता महराले गत आइतबार मुख्यमन्त्रीको शपथ लिएका थिए। नयाँ राजनीतिक समीकरण बनेपछि यो प्रदेश सरकारको नेतृत्वमा वर्तमान गठबन्धन हाबी बनेको हो।

प्रकाशित: ३० चैत्र २०८० १६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App