१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने, कांग्रेसले संसद् चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शुक्रबार दिउँसो सिंहदरबारमा ओली र दाहालबीच भेटवार्ता भएको हो। भेटमा सदन अधिवेशन अन्त्य गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीसँग भेटेपछि अध्यक्ष ओलीले पत्रकारहरूसँग कुराकानी गर्दै संसदको अधिवेशन अन्त्य हुने र पछि फेरि आह्वान हुने बताए।

'अधिवेशन अन्त्य हुन्छ। फेरि अर्को सुरु हुन्छ। यस्तै हुन्छ,' उनले सञ्चारकर्मीसँग भने, 'कांग्रेसले चल्न नदिएर।'

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। प्रतिनिधि सभा बैठक वैशाख २ गतेसम्मका लागि स्थगित छ।

प्रकाशित: ३० चैत्र २०८० १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App