२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रामहरी खतिवडाको प्रश्न: आफ्नै मन्त्रीले सहकारीले पैसा खायो भन्दानी गृहमन्त्री किन छानबिन गर्दैनन् ?

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफुहरुले सहकारी ठगी प्रकरणमा आफूहरुले कसैलाई दोषि करार नगरेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले आफूहरुले सहकारी ठगीमा कसैलाई दोषि करार नगरेको बताएका हुन्।

उनले काठमाडौं, बुटवल, पोखरा, भैरहवा र चितवनका सम्पूर्ण सहकारीबाट अर्बौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा जम्मा गरिएको र सो प्रा.लि.को प्रवन्ध निर्देशक रवि लामिछाने रहेको बताए।

सहकारीको सदस्य नभएको संस्थाले पैसा लिन नपाएपनि लगिएको भन्दै यसको संसदीय समिति बनाएर छानविन गर्नुपर्ने उनले बताए। उनले कांग्रेसले कसैलाई फसाउन नचाहेको बताए।

उनले भने, ‘काठमाडौं, बुटवल, पोखरा, भैरहवा, चितवनका सम्पूर्ण सहकारीबाट अरबौँ पैसा अपचलन गरेर गोर्खा मिडिया प्रा.लि.का नाममा एक अर्बभन्दा बढी पैसा त्यहाँ जम्मा गरियो। जुन गोर्खा मिडिया प्रा.लि.को प्रवन्ध निर्देशक रवि लामिछाने भन्ने व्यक्ति हुनुहुन्थ्यो। सहकारीको पैसा कुनैपनि आफु सदस्य नभएको संस्थामा लान पाइदैन। जुन संस्था त्यसको सदस्य छैन त्यो संस्थामा अरबौँ पैसा लगियो। त्यो पैसा छानविन होस् भनेर हामीले आवाज उठाउँदा म निर्दोष छु। यसमा छानविन हुनुहुँदैन भनेर आवाज उठाइन्छ। हामीले कसैलाई दोषि करार गरेका छैनौँ। निर्दोष छ भने एउटा संसदीय छानविन समिति गठन गरौँ। त्यसले जे भन्छ, त्यसलाई हामी मान्न तयार छौँ भन्दा किन सरकार अड्किएर बसेको छ? हामीले फेरिपनि भन्यौँ कोहीसँग पूर्वाग्रह राखेर नेपाली कांग्रेस राजनीति गर्दैन। हामीसँग कसैसँग दोष छैन, ईष्र्या छैन। हामी कसैलाई फसाउन चाहादैनौँ। तर गल्ती छैन भने भन्न सक्नु प¥यो, मेरो केही गल्ती छैन। छानविन गरियोस्। गल्ती छ भने सजाय भोग्न तयार छु भनेर किन सरकार आँट गर्दैन? संसदीय छानविन समितिका लागि सरकार किन भागेर हिँड्छ? यदी गोर्खा मिडिया प्रा.लि.ले लिएको पैसा प्रवन्ध निर्देशक रवि लामिछाने हुँदा तिर्नु पर्दैन भन्ने फैसला र नजिर सरकारकहाँ छ भने त्यो हामीलाई देखाइयोस्। नभए निष्पक्ष छानविन समिति संसदबाट गठन होस् भनेर हामी माग गर्न चाहन्छौँ। एकजना मन्त्रीले मेरो त तेइस लाख रुपैयाँ ठगि भयो सहकारीमा भन्नुभएछ। गृहमन्त्रीलाई आफ्नै मन्त्रीले ठगि भयो भनेर भन्दापनि गृहमन्त्रीको ध्यान गएको छैन। कसले छानविन गर्ने हो त निष्षक्ष संसदीय समिति नबनाएदेखि?’

प्रकाशित: २८ चैत्र २०८० १३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App