१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस अडानले फेरियो प्रतिनिधि सभाको कार्यसूची, गृहमन्त्रीले विधेयक प्रस्तुत गर्न नपाउने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न ‘संसदीय छानबिन समिति’ बनाउनै पर्ने नेपाली कांग्रेसको अडानले बिस्तारै मूर्तरूप लिँदै छ।

सोमबारदेखि बुधवारसम्म आइपुग्दा पनि कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि प्रतिनिधिसभाको दैनिक कार्यसूचीनै परिवर्तन गर्न संसद् सचिवालय बाध्य भएको छ।

कांग्रेसले समिति नबन्दासम्म कुनै पनि हालतमा गृहमन्त्री लामिछानेलाई रोष्टममा उभिएर विधेयक प्रस्तुत गर्न नदिने रणनीति अङ्गीकार गरेपछि संसद्को कार्यसूची परिवर्तन गरिएको छ।

२७ गते मंगलबार गृहमन्त्री लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने भनिएको विषय सचिवालयले कार्यसूचीबाट हटाएको हो। मंगलबारको कार्यसूचीमा गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने विषय उल्लेख थियो जुन बुधवारको कार्यसूचीबाट हटाइएको छ।

मंगलबारको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो। यसपछि सभामुखले सुरुमा १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिए। तर उक्त समयमा पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष कांग्रेसबीच कुरा नमिले पछि बैठक बुधवार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो। त्यसैले मंगलबार गृहमन्त्रीले प्रस्तुत गर्ने भनिएको विधेयक प्रतिनिधिसभा प्रस्तुत हुन पाएन।

कांग्रेसको समिति गठनको मागसहितको नियमित विरोधपछि बुधवारको कार्यसूचीबाट उक्त विषय हटाइएको हो।

म‌गलवार ११ बजेका लागि तोकिएको संसदको सुरुको कार्यसूची
परिवर्तित कार्यसूची

प्रकाशित: २८ चैत्र २०८० १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App