१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सभामुख र प्रधानमन्त्रीसहित शीर्ष नेताहरूबिच सिंहदरबारमा छलफल जारी

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँगको छलफल सुरु गरेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबिच छलफल भइरहेको छ।

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक हितराज पाण्डे, एमालेका उपाध्यक्ष विष्णु पौडेल र प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, रास्वपाबाट सभापति रवि लामिछाने र प्रमुख सचेतक सन्तोष परियार सहभागी छन्।

प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा गृहमन्त्रीको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति माग गर्दै आइरहेको छ। संसदीय छानबिन समिति नबने प्रतिनिधिसभा अवरुद्ध गर्ने कांग्रेसले दिएपछि आज सभामुखले छलफलमा बोलाएका हुन्। 

प्रकाशित: २६ चैत्र २०८० १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App